शाङ्घाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

चीन, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले सम्बोधनका क्रममा देशको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राख्नुभएको थियो ।
चीनको तियान्जिनमा रहेको मेइजियान सम्मेलन केन्द्रमा हिजोदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गएको शनिवारदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । प्रधानमन्त्री ओली र विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीचको दुई पक्षीय भेटवार्ताको क्रम पनि चलिरहेको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  १९ : २७  बजे