अफगानिस्तानमा ६ म्याग्निच्यूडको भूकम्प, कम्तीमा २० जनाको मृत्यु

काठमाडौं, १६ भदौ । पूर्वी अफगानिस्तानमा गएराति भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेर ४७ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बीबीसीले जनाएको छ ।

प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएका छन् । नंगरहार र कुनार प्रान्तका अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

आठ किमि गहिराइको भूकम्पपछि कम्तीमा तीनवटा परकम्पन गएको बताइएको छ । तिनको तिव्रता ४.५ देखि ५.२ म्याग्निच्यूडसम्म छ । भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवन हल्लाएको समाचारमा उल्लेख छ ।

बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडक बन्द रहेका कुनार प्रान्तका प्रहरी प्रमुखले जनाएका छन् । लिबान सरकारी अधिकारीले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न मानवीय संस्थाहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  १० : ०४  बजे