गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं, १६ भदौ । गरिमा विकास बैंक लिमिटेड इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्’ बाट सम्मानित भएको छ ।

अगस्ट २९, २०२५ मा इण्डियन चेम्बर अफ कर्मशले भारतको नयाँदिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक The Best Bank / Best AI/ML Implementation विधामा उत्कृष्ट सहित Best MSME Acceleration विधामा Runner-up को अवार्ड प्राप्त गरेको हो ।

यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरे । इण्डियन चेम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा समेत यस विकास बैंकले वेष्ट एसेस्ट्स म्यानेजमेन्ट विधामा रनर–अपको अवार्ड प्राप्त गरेको थियो ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  ०९ : २७  बजे