सांसदहरूको तलब वृद्धिको विरोधमा इन्डोनेसियामा हिंसात्मक प्रदर्शन, संसद् भवन जलाइयो

काठमाडौं, १६ भदौ । सांसदहरूको तलब वृद्धिको विरोधमा इन्डोनेसियाको राजधानी जकार्तासहित देशका धेरै भागहरूमा हिंसात्मक प्रदर्शनहरू भएका छन् । सरकारी अधिकारीहरू र उनीहरूले पाउने सुविधाविरुद्ध मानिसहरूले आफ्नो विरोध प्रदर्शन तीव्र पारेका हुन् । प्रदर्शनकारीहरूले शुक्रबार राति मकासार शहरको क्षेत्रीय संसद्‌मा आगजनीसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिंसात्मक विरोधलाई ध्यानमा राख्दै, इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले शनिबारको चीन भ्रमण रद्द गरेका थिए । उनी दोस्रो विश्वयुद्धको अन्त्यको ८० औं वार्षिकोत्सवमा आयोजना हुने सेप्टेम्बर ३ मा चीनमा हुने विजय दिवस समारोहमा भाग लिने कार्यक्रम थियो ।हिंसात्मक विरोध प्रदर्शनहरूमा हालसम्म ३ जनाको मृत्यु भएको छ र ५ जना घाइते भएका छन् । विरोध प्रदर्शनहरूमा २०० भन्दा बढी मानिसहरू घाइते भएका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोले जनतालाई शान्ति कायम राख्न अपील गरेका छन् । इन्डोनेसियामा मुद्रास्फीति र बेरोजगारी बढ्दै गइरहेको छ, जसले गर्दा आम जनताको जीवन कठिन बन्दै गइरहेको छ ।सांसदहरूको लागि मासिक ३ हजार ५७ डलर भत्ता तोकिएको थियो । यो जकार्ताको न्यूनतम ज्यालाभन्दा १० गुणा बढी हो । यसले जनतालाई आक्रोशित बनाएको हो ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  ०९ : २०  बजे