काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गर्नुभएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान लाओका राष्ट्रपतिसँग भेट गर्नुभएको हो । ओलीले सिसौलिथसँग दुई पक्षीय वार्ता गरेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसक्नुभएको छ ।
सोमबार ओलीले एससिओ शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
21
Shares
प्रतिक्रिया