कोसी ब्यारेजको ३१ ढोका खोलियो

काठमाडौं, १६ भदौ ।  सप्तकोसी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोसी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  ०६ : ४२  बजे