काठमाडौं, १६ भदौ । गायन प्रतियोगिता ‘नेपाल आइडल६’ (छैटौं संस्करण)को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती, मृनल मानन्धरलाई पछि पार्दै सोनामले उपाधि हात पारेकी हुन् । गंगाले २५ लाखको चेक पुरस्कार पाइन् ।
फस्ट रअनरअप बबिता र सेकेण्ड रनरअप दर्शना बनिन् । बबितालाई १० लाख र दर्शनालाई ५ लाख रुपैयाँको चेकसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।चौथो भएका खाती र पाँचौं स्थान हासिल गरेका मानन्धरले जनही १र१ लाख प्राप्त गरेका छन् । निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए ।
9
Shares
प्रतिक्रिया