नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ– नरेन्द्र मोदी

काठमाडौं, १५ भदौ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उहाँहरूबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताउनुभएको छ । ‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भन्नुभएको छ , ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १८ : ५२  बजे