कागेश्वरी महादेव मन्दिरमा दोषबाट छुटकरा पाउन दशर्नाथीको घुँइचो

काठमाडौं, १५ भदौ । काठमाडौंको हनुमानढोकामा रहेको कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । हनुमानढोकामा रहेको कागेश्वरी महादेव मन्दिरको ढोका वर्षमा एकपटक कागे अष्टमीका दिनमात्र खोल्ने गरिन्छ । कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने जनविश्वास छ ।

 

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १५ : ०५  बजे