दाङ, भदाै १५ । नेकपा (एमाले) का महासचिव शङ्कर पाेखरेलले लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको असामयिक निधनप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पाेखरेलले श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे । रुकुम पूर्वस्थित हिमाली गाउँपालिका–पुथा उत्तरगंगाको ऐतिहासिक गाउँ तकसेरा निवासी कमरेड सरिता पुनको असामयिक निधनले म अत्यन्त स्तब्ध भएको छु”, महासचिव पाेखरेलले भन्नुभएकाे छ ।
केही वर्षअघि उनका पिता तथा पार्टीका स्थापित नेता सतमान पुनलाई गुमाउँदाकाे दुखद् क्षणकाे स्मरण गर्दै महासचिव पाेखरेलले अहिले पुनः कम उमेरमै सरितालाई गुमाउनु परेकोमा दु:ख व्यक्त गर्नुभएकाे छ । पुनको निधनले पार्टी र समाजले एक प्रतिबद्ध नेतृ गुमाएको भन्दै पाेखरेलले दु:ख व्यक्त गर्नुभयाे ।
शोक वक्तव्यमा भनिएको छ, “केही वर्षअघि हामीले उहाँका पिता तथा पार्टीका स्थापित नेता सतमान पुनलाई गुमाएका थियौँ । अहिले पुनः कम उमेरमै कमरेड सरितालाई गुमाउनु परेको यो क्षति अतुलनीय छ ।”
शोक वक्तव्यमार्फत् दिवंगत पुनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिबार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियाे ।
केही दिनअघि छोरीलाई जन्म दिने क्रममा ठूलो शल्यक्रिया गर्नुपरेको थियो भने त्यसपछि मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उपचारकै क्रममा उहाँकाे ज्यान गएकाे हाे ।
प्रतिक्रिया