काठमाडौं, १५ भदौ ।मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् । मिस कस्मो दिपशिखा नेपाल बनेकी छिन् ।
प्रतिक्रिया