चीन, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन पुग्नुभएको हो । शनिबार बिहान प्रस्थान गरेका प्रधानमन्त्री ओली दिउँसो चीनको थियानजिन शहरमा पुग्नुभएको थियो । उहाँलाई थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गर्नुभएको थियो । एससीओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन जानुभएको हो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ । त्यसअघि उनले सेप्टेम्बर १ मा थियानजिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने तय भएको छ ।








प्रतिक्रिया