काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको मालाले स्वागत गरेका छन् । पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् । स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुग्नुभएको थियो ।पूर्वराष्ट्रपति भण्डारी शनिबार वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण हुनुभएको हो । पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीको निर्देशन अवज्ञा गर्दै शनिबार बिहान पौने ९ बजे पूर्वराष्ट्रपति भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा जम्मा हुन आह्वान गर्नुभएको थियो ।
18
Shares
प्रतिक्रिया