काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालको भूमि रहेको तथ्य चीनलाई सम्झाउन आग्रह गनुभएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणको लागि प्रस्थान गरेलगतै मेयर साहले लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे चीनलाई स्पष्ट रूपमा कुरा राख्न आग्रह गर्नुभएको हो । बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै भन्नुभएको छ, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’ उहाँले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेख्नुभएको छ , ‘हामीलाई तपाईं माथि पूर्ण विश्वास छ।’
मेयर बालेनले यसपटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै चीन भ्रमणको अवसरमा नेपालको भूस्वाधीनताको मुद्दा उठाउनुपर्ने माग गर्नुभएको छ ।
18
Shares








प्रतिक्रिया