काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दैहुनुहुन्छ । सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउनुहुने छ। प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताईसक्नुभएको छ । ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताउनुभएको हो ।
18
Shares








प्रतिक्रिया