काठमाडौं, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने हुनुभएको छ । उहाँ पाँच दिने चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का र छबिलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चपदस्थ सरकारी अधिकारीहरू रहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यसपछि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुहुने छ । त्यहाँ प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।








प्रतिक्रिया