सिन्धुपाल्चोकमा बोलेरो जिप जीप नदीमा खस्दा २ जना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं, १० भदौ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा जीप नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् ।

तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो जिप भोटेकोशीमा खस्दा सर्लाही बरथहवा नगरपालिका–२ का चालक राजेशकुमार कुसवाह र रौतहट बौधिमाई नगरपालिका(१ का सहचालक राम प्रवेश महतो बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नदीमा खसेको एक्स्काभेटरको सहायताले जिप निकालिएको छ । प्रहरीचौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबीसे, सशस्त्र प्रहरी बल र नेपाल आर्मी र तीनै निकायका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरिरहेका छन् ।

रात परेकाले भोलि बिहानैदेखि खोजी कार्य गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  २० : १२  बजे