काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज शील, सौजन्य र उदारताको पर्व भएको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाले पछिल्लो समय विज्ञानले पनि व्रतका फाइदाबारे उजागार गरेको भन्दै हरितालिका तीज व्रतको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिए भएपनि यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको उल्लेख गनुभएको छ ।
प्रधानमन्त्री ओलीले तीजको प्राचीन सुरुवात र महत्व दर्शाउँदे लेख्नुभएको छ– , ‘प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् ।’
त्यस्तै, हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको पनि उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा ओलीले लेख्नुभएको छ , ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना ।’
प्रतिक्रिया