काठमाडौं, ८ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा ताप्लेजुङ क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणप्रति घोर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ । भट्टराईले आइतबार गृहमन्त्रीलाई पत्र पठाउँदै सार्वजनिक पदधारीमाथि सदरमुकाममै दिनदहाडै भएको हिंसात्मक आक्रमणले शान्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको उल्लेख गर्नुभएको छ । उहाँले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, अराजक गतिविधि नियन्त्रण गर्न र घाइते वडाध्यक्षको उपचार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । भदौ ७ गते जिल्ला कमिटीको बैठक सकेर गाउँ फर्कने क्रममा तोक्मेडाँडा क्षेत्रमा अज्ञात समूहले वडाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य सेन्दाङमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते सेन्दाङ हाल झापास्थित बीएण्डसी अस्पतालमा उपचाररत छन्।
15
Shares








प्रतिक्रिया