नेपालको सहमति विना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित

काठमाडौं, ७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमति विना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताउनुभएको छ । शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमति विना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य बताउनुभएको हो । उहाँले दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति विना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेको र नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको बताउनुभयो । नेपालको सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित हुने उहाँले बताउनुभयो । सुगौली सन्धि सन् १८१६ तिरको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उहाँले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताउनुभयो । उहाँले विकास निर्माणमा गति आएको, रोकिएका आयोजनाहरू अघि बढेका र संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेको बताउनुभयो । यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए । महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उहाँले बताउनुभयो । उहाँका अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुनेछन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको बताउनुभयो । ग

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार  १२ : ३७  बजे