मोतिराम भट्टको जन्मजयन्ती मनाइँदै

काठमाडौं, ७ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्रकृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतिराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याउनुभएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार  ०७ : २९  बजे