काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।
तर, युरो, पाउन्डसहितका कतिपय मुद्राको मूल्य भने आज घटेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा थियो।
यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ७९ र बिक्रीदर ४५८ रुपैयाँ ७५ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५५ रुपैयाँ ७९ र बिक्रीदर ४५७ रुपैयाँ ७५ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ १७ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया