काठमाडौं, ७ भदौ । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराईको भूभाग साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिएको विभागले बताएको छ ।








प्रतिक्रिया