सशस्त्र प्रहरीमा खुल्यो ८४६ जनालाई जागिर (सूचनासहित)

काठमाडौं, ६ भदौ । सशस्त्र प्रहरी बलले एकै पटक ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र कचर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप(समूहतर्फ दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी जवानमा ८७६ जनाको लागि दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरी आठ सय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  ०९ : ३९  बजे