३ इन्डोनेसियाली नागरिक पक्राउ

काठमाडौँ, ५ भदौ।  तीन जना इन्डोनेसियाली नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।भिसाको उद्देश्य विपरीत संकास्पद क्रियाकलाप गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ । पक्राउ परेकामध्ये एक महिलाले ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेसी समाजमा गर्ल्स होस्टलमा राखी तीन जना इन्डोनेसियाली महिलालाई शिक्षकको रूपमा राखी टर्किस र कुरान भाषा सिकाउनुका साथै मुस्लिम धर्म प्रचार गरेको आरोप छ । उनीहरु सन् २०२४ देखि नै नेपालमा आएर बसिरहेको पाइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँनुभयो । उहाँले भन्नुभयो , ‘म विभागको महानिर्देशक भएर आएदेखि नै विदेशीको गतिविधिबारे निगरानी गरिरहेका छौं, त्यहीक्रममा उनीहरु पक्राउ परेका हुन् ।’ धर्म प्रचार वापत उनीहरूले २ करोड ५० लाख रुपैयाँ बुझ्ने गरेको अध्यागमन स्रोतले बतायो । नियन्त्रणमा लिइएका मध्ये एकले पर्यटक भिसा र दुईले अध्ययन भिसा लिएको पाइएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  १९ : २२  बजे