काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री–सांसदबिचको प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीमा राखिएको थियो ।तर, प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसदमा उपस्थित नहुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी गरानुभएको छ । संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री अस्वस्थ भएकाले संसद् बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । ‘कार्यव्यवस्था बैठकमा एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’का लागि आज संसद बैठकमा आउन नसक्ने जानकारी गराउनुभएको छ,’ अधिकारीले भन्नुभयो । बुधबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन खोज्ने सत्तारुढ दलको कदमको प्रतिपक्षी दलले विरोध जनाउने भएका छन् ।
24
Shares








प्रतिक्रिया