घट्यो अमेरिकी डलरको मूल्य

काठमाडौं, ४ भदौ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

हिजो अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा थियो ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा रहेको छ । स्विस फ्रयांक एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ५२ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ २० पैसा र बिक्रीदर १०८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा कायम गरिएका छ ।

स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

 

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  ०६ : ५३  बजे