काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले महिला तथा किशोरीबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
आज न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोकेर नियमन र निगरानी प्रभावकारी बनाउन सरकारलाई आदेश गरेको हो ।
अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अङ्किता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गर्नुभएको थियो । कानून बनाएर मात्रै महिला तथा किशोरीको डिम्ब निकाल्न र भण्डार गर्नुपर्ने निवेदकको माग अनुसार न्यायाधीश ढुङ्गानाको इजलासले आदेश जारी गरेको हो ।
निःसन्तान दम्पतीलाई १५ देखि २० लाख रुपैयाँसम्ममा डिम्ब बिक्री गर्ने गरेको तथ्य खुलेपछि रिट दायर भएको थियो ।
12
Shares
प्रतिक्रिया