जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा ३ जनाको ज्यान गयो

काठमाडौं, ३ भदौ ।  चितवनमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट ३ जनाको ज्यान गएको छ । जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार गएको साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा ९ जना सङ्क्रमित फेला परेका थिए । तीमध्ये ३ जनाको ज्यान गएको हो ।
भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा जापानिज इन्सेफ्लाइटिस भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।
अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  २० : १६  बजे