काठमाडौं, ३ भदौ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपाल र होबार्ट हरिकेन्स प्रतिस्पर्धा गर्दैछन् । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले सात विकेट गुमाउँदै हरिकेन्सलाई १८१ रनको चुनौती दिएको छ । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउनुभयो ।
ओपनर आशिफ शेखले २९ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाउनुभयो । नेपालका लागि लोकेश बमले नटआउट विष्फोटक ब्याटिङ गर्दै ११ बलमा २५ रन जोड्नुभयो । भीम सार्कीले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको हो ।
नेपाललाई सस्तैमा रोक्न हरिकेन्सका लागि निवेथान राधाकृष्णन र राफ म्याकमिलनले दुईदुई विकेट लिनुभयो । अहिले हरिकेन्सले नेपालविरुद्ध ब्याटिङ गर्दैछ । पहिलो ओभरमा कप्तान रोहित पौडेलले एक विकेट हात पार्नुभएको हो । चौथो ओभरको समाप्तिमा हरिकेन्सले दुई विकेटको क्षतिमा २० रन बनाएको छ । नेपालका लागि दोस्रो विकेट नन्दन यादवले लिनुभएको हो ।








प्रतिक्रिया