सिन्धुपाल्चोक, ३ भदौ । नेकपा एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठक आज मेलम्चीमा सुरु हुँदै छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्नै कार्यक्रम रहेको छ ।एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनपछि पहिलो पटक परिषद् बैठक हुन लागेको हो । बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहने एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । मेलम्चीमा हुने प्रतिनिधि परिषद् बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई लगायतका नेताहरूको सहभागिता रहनेछ । एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । १० औं जिल्ला अधिवेशनपछि एमालेले सबै वडा अधिवेशन पालिकाको अधिवेशन सकेर अहिले प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । १२ स्थानीय तहमध्ये बाह्रबिसे नगरपालिकाको मात्रै अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ । प्रतिनिधि परिषद् बैठक पछि एमाले सिन्धुपाल्चोकलाई एकताबद्ध बनाएर लैजाने गरेर एमाले सिन्धुपाल्चोकका उपाध्यक्ष अर्जुन भण्डारीले बताउनुभयो । बैठकमा राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन अध्यक्ष होमनारयण श्रेष्ठ , आर्थिक प्रतिवेदन अर्थ तथा वित्त कमिटीका प्रमुख आङदोर्जे शेर्पा र लेखा समितिका अध्यक्ष नेत्रप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेर सुझाव सहित पारित गर्ने बैठकको कार्य सूची रहेको उप सचिव सुशीला पाख्रिनले जानकारी दिनुभयो ।
18
Shares








प्रतिक्रिया