काठमाडौं, २ भदौ। चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै प्राप्त गरेको दाबी गर्नुभएको छ । उहाँ लामो समय थुनामा रहेर बाहिरिनुभएको थियो । बाहिरिएको १५ दिनमा सोमबार गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभयो । “अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,” उहाँले दाबी गर्नुभयो । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताउनुभयो । उहाँले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको बताउनुभएको छ ।
9
Shares
प्रतिक्रिया