काठमाडौं, २ भदौ । भारतीय सरकारले नेपाली सेनालाई केही गाडी, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ ।
नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गर्नुभएको हो । भारतबाट ६ थान गाडी, ५ वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा प्रयोग हुने २ वटा कुकर प्राप्त भएको छ ।
यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको थियो । नेपाल र भारतबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ ।
नेपाल र भारतबीच लामो समयदेखि वार्षिक रूपमा ठूलो सङ्ख्यामा एक अर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया