काठमाडौं, १ भदौ । अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौ अन्तिम साताबाट सुरु हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म हुने आयोजक पक्षले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ पाउनेछ । त्यस्तै उपविजेताले २ लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले १ राख रुपैयाँ पाउनेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई छनोट गरी पुरस्कार प्रदान गरिने स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसका सभापति लोकेश खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा देशभरका १५ भन्दा धेरै क्याम्पसले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको टिम दर्ता मिति भदौ २० गते सम्म रहेको छ । प्रतियोगितामा १२ भन्दा धेरै टिम भएको खण्डमा नकआउट र बेस्ट अफ फाइभ खेलाइनेछ भने १२ भन्दा कम टिम भएको अवस्थामा बेस्ट अफ थ्री र लिग खेलाइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया