काठमाडौं, ३१ साउन । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आइतबार काठमाडौँ आँउदै हुनुहुन्छ । ।परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिश्री दुई दिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो ।उहाँको भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्र स्रोतका अनुसार आगामी सेप्टेम्बर १६–१७ मा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि उहाँ नेपाल आउनुहुने भएको हो ।
0
Shares
प्रतिक्रिया