समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइपुर्‍याइएको छ । रविको स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याएको छ । त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका समर्थकलाई भेट गर्न नदिई आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको हो ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार  १८ : २८  बजे