काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको एक रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसन ९आईओसी० ले पठाएको खरिद मूल्य अनुसार नयाँ भाउ तोकिएको निगमले जनाएको छ ।
अब चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ लिटरमा १५८ रूपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।
सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६० रूपैयाँ र डिजेल–मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ ।
यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६१ रूपैयाँ र डिजेल–मट्टीतेलको १४९ रूपैयाँ पर्नेछ ।
प्रतिक्रिया