काठमाडौं, ३१ साउन । कारागार व्यवस्थापन विभागले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।
विभागको स्वीकृतिपछि जिल्ला कारागार रुपन्देहीले शुक्रबार लामिछानेलाई नख्खुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै लामिछानेलाई काठमाडौं ल्याउन प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताउनुभयो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा छन् । यसअघि लामिछानेले काठमाडौंको डिल्लीबजार कारागार स्थानान्तरणको लागि जेल प्रशासनमा निवेदन दिएका थिए । उनले डेढ महिना अगाडि नै निवेदन पनि गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थिएन ।
प्रतिक्रिया