प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदै हुनुहुन्छ । उहाँ धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लाग्नुभएको हो । आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी धनुषा प्रस्थान गर्नुहुने छ । उहाँँले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नुहुने छ । महोत्तरीमा पनि उहाँले बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनुहुने छ । सोनामा भन्ने स्थानमा उहाँले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।यो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सन्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८।३८४ किलोमिटर सडक कालोपत्रे गरिने छ । यसको जिम्मा ढुकुछु निर्माण कम्पनी प्रा.लिले पाएको छ ।भ्याटसहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा बजेटमा बन्न लागेको यो सडक २०८३ चैत ११ गतेसम्म निर्माण गर्ने सम्झौता भएको छ ।धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  ०९ : ३५  बजे