काठमाडौं, २९ साउन । सेयर कारोवारको साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । लगातार तीन दिनसम्म ओरालो लागेको नेपाली सेयर बजार आज सामान्य सुधार देखिएको हो ।
नेप्से परिसूचक २.६२ अंकले वृद्धि भई २७८८.०६ अंकमा कायम भएको छ । आजको कारोबारको सुरुवातदेखि नै बजारमा सुधारको संकेत देखिएको थियो । कारोवारका क्रममा नेप्से सूचक दुई पटक २८०० अंक माथि पुगेको थियो ।
तर, दिउँसो १ः४० बजेपछि लगानीकर्तामा देखिएको सतर्कता र मुनाफा बुकिङ प्रवृत्तिका कारण सूचक केही घटेर बन्द भएको हो ।
बजार सुधारसँगै कारोवार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो दिन ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोवार भएकोमा आज ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया