आर्यघाटमा शवको हड्डी र धुलो बेच्नेपछि किन्ने पनि पक्राउ

काठमाडौं, २९ साउन । केहि दिनअघि पशुपतिको आर्यघाटबाट जल्दै गरेको शवको हड्डी विक्री गरेको भन्दै प्रहरी शव जलाउने गणेशप्रसाद ढकाल तथा विनायक मैनालीलाई पक्राउ गरेको थियो । यसैबीच, प्रहरीले आज शवको हड्डी खरिद गर्ने दुई जनालाई नै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दीका रामनन्दन ठाकुर तथा मिश्रीलाल यादव रहेका छन् । दुवैलाई प्रहरीले कपन र गौरीघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका ठाकुरको साथबाट हड्डीको धुलो तथा खरानीसमेत बरामद गरिएको थियो । शवको हड्डी किन्ने तथा बेच्ने चार जना यति बेला प्रहरी हिरासतमा रहेका छन् । उनीहरुविरुद्ध कानुनी कारवाही प्रारम्भ हुने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर नै हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गरेका थिए । गत साउन २३ गते बनेपा नगरपालिका–९ घर भई कोटेश्वर नरेफाँटमा बसोबास गर्ने ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेको बेला हड्डी निकालिएको खुलेको थियो ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  १६ : ५४  बजे