काठमाडौं, २९ साउन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो ।
सिंहदरबारमा आज बसेको बैठकले हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको हो । बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा एक सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ ।
‘मेडिकल कलेजहरुको सिट बढ्ने निर्णय भयो’ उहाँले भन्नुभयो,‘मापदण्डहरु पूरा भएका कलेजका हकमा मापदण्ड अनुसार नै सिट संख्या दिने निर्णय भएको हो ।’ उहाँका अनुसार सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन् । पोखराको मणिपालले १२० सिट पाएको छ ।
प्रतिक्रिया