काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपियाँ आम्दानी गर्ने जानकारी गराउनुभएको हो ।
‘हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपियाँ आम्दानी गर्नेछ,’प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।
प्रतिक्रिया