काठमाडौं, २८ साउन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । राजधानीमा आज स्वावलम्बन विकास केन्द्रको ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो ।
अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उहाँले राख्नुभयो । कार्यक्रममा स्वावलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ । सञ्चारमन्त्री गुरुङले दुई लाख रुपियाँको उक्त पुरस्कार संस्थालाई प्रदान गर्नुभयो ।
त्यस्तै, दुई लाख रुपियाँ राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ । स्वावलम्बन विकास केन्द्रले प्रदान गर्ने अर्को उत्कृष्ट लघु उद्यमी सदस्य पुरकार उद्यमी विमला थारू, जमुना घिमिरे र आशा बुढामगरले ५०÷५० हजार रुपियाँ राशि प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया