काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिनुभएको हो । ‘भारतलाई हराएर म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएका रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषदको बैठकले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यस्तै उहाँका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने पनि निर्णय भएको छ,’ प्रधानमन्त्रीले फेसबुकमा लेख्नुभएको छ, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई ’
ढाँटले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जित्नुभएको थियो । तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनी एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल हुनुभएको थियो ।
9
Shares
प्रतिक्रिया