काठमाडौं, २६ साउन । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताउनुभएको छ । मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेपछि आज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मदन–आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउन्डेशन बनेको तर पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको नभएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक हुनुपर्नेमा जोड दिनुभयो । नेताहरूका नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरूले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले प्रतिष्ठानहरू ठगी खाने भाँडोका रूपमा स्थापित हुनु नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीसहित सदस्यका रूमपा सुरेश चापागाईंले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मदन भण्डारी फाउन्डेशनको संरक्षक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष उहाँकी छोरी उषाकिरण भण्डारी थिए । पूर्वराष्ट्रपति भण्डारीसँग विवाद बढिरहेका बेला अध्यक्ष ओलीले ज्ञवालीलाई अध्यक्षको शपथ गराउनुभएको हो ।
प्रतिक्रिया