धनकुटामा पिकअप दुर्घटना : १७ घाइते, तीन जनाको अवस्था गम्भीर

पाख्रीबास, २५ साउन । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनाका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा.२ च.२३०९ नम्बरको २१ जना सवार पिकअप बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घाइते हुनेहरुमध्ये तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आज गाईजात्राका लागि उनीहरु पिकअपमा धनकुटा आउँदै गरेका थिए ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  १३ : २१  बजे