दैलेखमा तीजको नाच हेर्न गएकी बालिकालाई घाइते बनाइ सामूहिक बलात्कार

काठमाडौं, २५ साउन । दैलेखमा १२ वर्षीया बालिकालाई ढुङ्गाले हान्दै लखेटी–लखेटी नियन्त्रणमा लिएर बलात्कार गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पीडित बालिकाको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।२५ साउन, सुर्खेत । दैलेखमा एक १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् ।

तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४÷५ जना किशोरीको समूह घर फर्किँदै थियो । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको दैलेख प्रहरीले जनाएको छ ।

उनीहरूले ती बालिकालाई ढुंगासमेत प्रहार गरेका थिए । ढुंगाले हातमा चोट लागेका कारण बालिका धेरै भाग्न नसकेको प्रहरीले जनाएको छ । त्यहाँबाट भाग्न सफल अन्य किशोरीहरुले तत्कालै घरमा घटनाबारे जानकारी दिएपछि अभिभावकहरू घटनास्थल पुगेका थिए । बालिकाका आफन्तहरू आएको थाहा पाएपछि गोविन्द र खगेन्द्र त्यहाँबाट भागेका थिए ।

पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिनुभयो । बालिकालाई घटनालगतै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उनको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दैलेख प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  १२ : ४१  बजे