काठमाडौं, २४ साउन । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने दावी गर्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँ यस्तो दाबी गर्नुभएको हो । उहाँले काठमाडौमा भएको एक कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउन सकेको र १० हजार मेडिकल विद्यार्थीलाई ल्याउन सके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताउनुभयो । उहाँले अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्न सक्ने बताउनुभएको हो । अझ दुई चरणमा अध्ययन गराउन सके फाइदा हुने उहाँको भनाइ छ । मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उहाँको भनाइ छ । मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने उहाँको भनाइ छ । साथै अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने समेत उहाँले बताउनुभयो । उहाले भन्नुभयो , ‘५ हजार विदेशी विद्यार्थी अहिलेको मेडिकल पूर्वाधारले धान्छ । त्यसमा डबल सेसन गरिदिनुपर्छ । संसारभर डबल सेसन पढाइन्छ । न्यूनतम पाँच हजार ल्याऔँ । सरकारी अस्पतालमा पनि डबल सेसन गर्ने हो भने आन्तरिक रूपमा आर्थिक रूपमा पनि सबल हुन्छ । देशमा पनि आन्तरिक पर्यटक, मेडिकल पर्यटकले ठुलो टेवा पुग्छ ।’
‘थोरैमा पनि पाँच हजार र धेरैमा १० हजार विद्यार्थी ल्याउन सक्छौँ, उहाँले भन्नुभयो , पूर्वाधार राम्रो, गुणस्तरीय शिक्षाका कारण यहाँ मेडिकल विद्यार्थी आउने छन् । हाम्रो कोटा सिस्टम छ, त्यो खोलिदिनुपर्छ । हामीले कलेजमा अनलाइन एप्लिकेसन गर्नुपर्छ । टुरिजमबाट नेपालमा हुने रेभिन्यु भनेको गत वर्ष करिब ७५ अर्ब मात्रै हो । हामीले ५ हजार विद्यार्थी ल्याउने हो भने ५० अर्ब ल्याउन सक्छौँ । १० हजार विद्यार्थी ल्याउन सक्छौँ त्यो भनेको १ खर्ब हो ।’ नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारले कति लगानी गरेको छ ? र कसरी अझ प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनुभयो ।
उहाँले लगानी प्रभावकारी रूपबाट कार्यान्वयन गर्न जरुरी रहेको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले नेपाललाई चाहिने मेडिकल जनशक्तिको अध्ययन गरी आवश्यक भन्दा बढी उत्पादन भए मात्रै बाहिर पठाउनुपर्ने बताउनुभयो । नेपालले बाहिर जनशक्ति पठाउने भन्दा पनि बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कसरी बाहिरबाट बढी विद्यार्थी ल्याउने भन्ने कुरा प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। यसमा राष्ट्रले एउटा नीति बनाएरै अघि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । अध्यक्ष भुसालले नो अब्जेक्शन लेटर दिएर बाहिर पठाउने काम बन्द गर्नुपर्ने भन्दै यहीँ उपयोग गर्ने वातावरण बनाउनु पर्नेमा सवै गम्भिर बन्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया