गाजामा इजरायली आक्रमण, २४ प्यालेस्टिनीको मृत्यु

काठमाडौं, २४ साउन ।  गाजामा इजरायली आक्रमणमा २४ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो ।
जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु भएको खुलासा गरेका छन्।

शहरको पश्चिममा रहेको शाती शरणार्थी शिविरको अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेदेखि यता कम्तीमा ९ हजार ७ सय ५२ प्यालेस्टिनीहरू मारिएका छन् । ४० हजार ४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि अहिलेसम्म ६१ हजार २ सय ५८ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ४५ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार  १२ : ३१  बजे